दैलेखमा क्षेत्र नम्बर एकको मत परिणामः मतान्तर घटाउँदै अम्मर थापा

दैलेख । दैलेख क्षेत्र नम्बर १ मा पूर्व सहकर्मीहरुबिच कडा टक्कर देखिएको छ ।
यो क्षेत्रमा नेकपा एमालेका रविन्द्रराज शर्मा र नेकपा एकिकृत समाजवादीका अम्मर बहादुर थापा निर्वाचन प्रतिस्प्रधामा छन ।
पछिल्लो परिणाम अनुसार एमालेका शर्माले ५ हजार ९ सय ३१ मतका साथ अग्रता लिइरहनुभएको छ भने एकिकृत समाजवादीका अम्मर बहादुर थापाले ५ हजार ७ सय २५ मतका साथ पछ्याइरहनुभएको छ । थापाले पछिल्लो पटक मन्तान्तर घटाउँदै लिनुभएको छ । अहिले थापाभन्दा शर्मा २ सय ६ मत अगाडी हुनुहुन्छ ।
त्यसैगरी राप्रपाका कुन्ती कुमारी शाहीले एक हजार १२ मत ल्याउँदा नेपाल मजदुर किसान पार्टीका प्रकाश गुरुङ्गले ६ सय १६ मत प्राप्त गनुभएको छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका इन्द्र प्रसाद शर्माले १ सय २५ मत ल्याउँदा स्वतन्त्र उम्मेद्वार गोपाल नेपालीले २१ र अर्का स्वतन्त्र उम्मेद्वार निरक बहादुर थापाले ३ मत प्राप्त गर्नुभएको छ ।
यसैबिच, प्रदेशसभातर्फ क्षेत्र नम्बर १ (क) अन्तरगत नेपाली काँग्रेसका पूर्ण बहादुर खत्रीले ६ हजार ५ सय १ मतका साथ अगाडी हुनुहुन्छ भने नेकपा एमालेका धर्मराज रेग्मीले ५ हजार ७ सय ५४ मतका साथ पछ्याइरहनुभएको छ । यसअघि खत्री भन्दा रेग्मी अगाडी हुनुहुन्थ्यो ।