प्रतिनिधिसभा दैलेख क्षेत्र नम्बर दुइः काँग्रेसका शाहीको अग्रता कायमै

दैलेख । दैलेख निर्वाचन क्षेत्र नम्बर दुइको प्रतिनिधिसभा तर्फ नेपाली काँग्रेसका दिक्पाल शाहीले अग्रता कायमै राख्नुभएको छ ।
अहिलेसम्म २१ हजार ९ मत गणना गर्दा शाहीले ९ हजार ६ सय २२ मत प्राप्त गर्दै अग्र स्थान कायम गर्नुभएको हो । नेकपा एमालेका लक्ष्मी प्रसाद पोख्रेलले ८ हजार २ सय १ मत ल्याएर उहालाई पछ्याइ रहनुभएको छ । शाही पोख्रेल भन्दा एक हजार ४ सय २१ मतअन्तरले अगाडी हुनुहुन्छ ।
त्यसैगरी नेपाल मजदुर किसान पार्टीका केशेन्द्र कार्कीले एक हजार ३ सय ४० मतका साथ तेश्रो स्थानमा हुनुहुन्छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका बखत बहादुर भण्डारीले ३ सय ९१ म्त ल्याउँदा राप्रपाका लोकेन्द्र राज गिरिले २ सय २९ मत प्राप्त गर्नुभएको छ । अहिलेसम्म बदर १ हजार २ सय ३६ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।