कालिकोटको पछिल्लो परिणामः पूर्व मुख्यमन्त्री शाहीको अग्रता

कालिकोट । प्रतिनिधिसभा अन्तरगत कालिकोटमा नेकपवा माओवादी (केन्द्र) का महेन्द्र बहादुर शाहीले शुरुवाती अग्रता बनाउनुभएको छ ।
प्राप्त मत परिणाम अनुसार महेन्द्रले ५ सय ७५ मतका साथ अग्र स्थानमा हुनुहुन्छ भने नेकपा एमालेका नेगन्द्र शाहीले ३२६ मत ल्याएर पछ्याइरहनुभएको छ । यस्तै, राप्रपाका धन बहादुर बुढाले ३१ मत ल्याएर तेश्रो स्थानमा हुनुहुन्छ भने केपाल मजदुर किसान पार्टीका खड्कराज शाहीले २२ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी स्वतन्त्र उम्मेद्वार काशिचन्द्र बरालले २१ मत प्राप्त गर्नुभएको छ । ३८ मत भने बदर भएको जनाइएको छ ।