सुर्खेत क्षेत्र नम्बर २ (क) बाट एमालेका कंडेल विजयी

सुर्खेत । सुर्खेत क्षेत्र नम्बर २ प्रदेशसभा (क) मा नेकपा एमालेका उम्मेदवार यामलाल कँडेल विजयी हुनुभएको छ ।
बिहीबार बिहान सकिएको मत गणनामा एमालेका उम्मेदवार कँडेलले १८ हजार ५६१ मत ल्याएर विजयी हुनुभएको हो ।
उहाका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कालीप्रसाद शाक्य ले १८ हजार ४ सय मतले पराजित हुनुभएको छ ।
यस्तै नेकपा माओवादी केन्द्रका सूर्य बहादुर खत्रीले ३ हजार ६८५ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीका शिव प्रसाद उपाध्यायले १ हजार २७५ मत प्राप्त गर्नुभएको छ ।
कँडेल एमालेबाट कर्णाली प्रदेशका मुख्य मन्त्रीका दाबेदार हनुहुन्छ ।