सुर्खेत क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसका पोखरले विजयी

सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसका जिल्ला सभापति खड्ग पोखरले विजयी हुनुभएको छ ।
एहाले नेकपा एमालेबाट उम्मेदवार ठम्मर विष्टलाई ३ हजार ७५ मतले पछछाडी पार्दै विजयी हुनुभएको हो ।
३४ हजार ८३२ मतमध्य पोखरेललले १८ हजार २ सय ६३ मत ल्याउनुभयो भने एमालेका विष्टले १५ हजार १ सय ८८ मत प्राप्त गर्नुभयो ।
यस्तै, प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर एकको मतगणना अन्तिम चरणमा पुगेको छ । मतगणना चलिरहदा नेपाली काँग्रेसका उपसभापति पूर्ण बहादुर खड्काले मतअन्तर फराकिलो बनाउँदै जित नजिक पुग्नुभएको छ । उहाले यो समाचार तयार पार्दासम्म २९ हजार ७ सय ६ मत प्राप्त गर्नुभएको छ भने उहाका प्रतिस्पर्धी एमालेका धु्रवकुमार शाहीले २२ हजार २ सय ८३ मत प्राप्त गर्नुभएको छ ।