सुर्खेत २ (ख) मा माओवादीका विन्दमान विष्ट विजयी

सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा (ख) मा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य विन्दमान विष्ट विजयी हुनुभएको छ ।
उहाले नेकपा एमालेका ताराकेशर गौतमलाई ४ हजार ५७५ मतान्तरले पराजित गर्नुभएको हो । ३१ हजार ६८२ मत खसेकोमा विष्टले१३ हजार ९०९ मत प्राप्त गरि विजयी हुँदा उहाका प्रतिस्पर्धी एमालेका गौतमको पक्षमा ९ हजार ३३४ मत आएको छ ।
विष्ट विरुद्ध उम्मेदवारी दिएका एकीकृत समाजवादीका मोहनसिंह बडुवालले ६ हजार २ सय १४ मत प्राप्त गर्नुभयो ।