स्याङ्जा –२ र बाजुरामा पुनः मतदान नहुने, मतगणना सुरु गर्न आयोगको निर्देशन

काठमाडौं । स्याङ्जा–२ र बाजुरामा मतगणना सुरु गर्ने निर्वाचन आयोगले निर्णय गरेको छ । बुधबार बसेको आयोगको बैठकले ती क्षेत्रमा पुनः निर्वाचन नगरी मतगणना सुरु गर्न निर्देशन दिएको हो । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कास्की–२ र बाजुरामा मतगणना सुचारु गर्ने निर्णय भएको बताउनुभयो ।
मंसिर ४ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणनामा विवाद भएपछि ती स्थानमा पुनः निर्वाचन गराउन माग गरिएको थियो ।
निर्वाचनमा बाजुरामा कांग्रेस र एमालेले बुथ कब्जा गरेको एकअर्को आरोप छ । मतदानस्थलमा एमाले र कांग्रेसका कार्यकर्ताबीच विवाद हुँदा दुईजनाको मृत्यू भएको थियो । स्याङ्जामा मतगणनाको क्रममा नेपाली कांग्रेसले धाँधली गरेको भन्दै अन्य पार्टीका उम्मेदवारहरुले विरोध गरेपछि गणना रोकिएको थियो ।