कर्णालीमा बालबालिकाको क्षेत्रमा बजेट न्युन

सुर्खेत । कर्णाली प्रदेश सरकारले बालबालिकाको क्षेत्रमा जम्मा न्युन बजेट मात्रै विनियोजन गर्ने गरेको पाइएको छ ।
सेभ द चिल्ड्रेन र बाल अधिकारका लागि साझा अभियान कर्णाली प्रदेशले गरेको अध्ययनमा बालबालिकाको क्षेत्रमा जम्मा दुइ प्रतिशत मात्रै बजेट विनियोजन हुने गरेको पाइएको हो ।
सरकारले अधिकांस बजेट भौतिक पूर्वाधारमा केन्द्रीत गरेको देखिएको छ । तिनवटा आर्थिक बर्षको बजेटलाई विश्लेशन गरेर प्रतिवेदन तयार गरिएको थियो ।
जस अन्तरगत कर्णाली प्रदेश सरकारको अर्थिक बर्ष २०७५÷०७६ मा २८ अर्ब २८ करोड २८ लाख २८ हजार बजेट मध्य बालबालिको क्षेत्रमा २.३० प्रतिशत मात्रै बजेट विनियोजन गरिएको छ । त्यसैगरी आर्थिक बर्ष २०७६÷०७७ मा १.८९ प्रतिशत बजेट बालबालिकाको लागि छुट्याइएकोमा गत आर्थिक बर्षको बजेटमा २.१४ प्रतिशत मात्रै बजेट बालबालिकाको क्षेत्रमा छुट्याइएको थियोृ ।
यो आर्थिक बर्षको बजेटमा पनि बालबालिकाको क्षेत्रमा खासै महत्व नदिइएको भन्दै बालअधिकार लागि साझा अभियानका टेकराज आचार्यले बजेटको विश्लेषन भइरहेको बताउनुभयो ।
बालबालिका भविश्यका कर्णधार भएको भन्दै प्रदेश र स्थानीय सरकारले लगानी बढाउनुपर्ने सरोकारवालाहरुले बताउदै आएका छन । तर बालबालिकाको क्षेत्रभन्दा भौतिक पूर्वाधारका क्षेत्रमा सरकारहरुले बजेट केन्द्रीत गर्ने गरेका छन ।