इमी जडिबुटी सहकारीको अध्यक्षमा थापा


सुर्खेत, १७ मंसिर ।
इमी जडिबुटी उत्पादक सहकारी संस्था वीरेन्द्रनगर १२ को अध्यक्षमा सन्तबहादुर थापा चयन हुनुभएको छ ।
शनिबार सम्पन्न सहकारीको १६ औँ साधारणसभाले थापाको संयोजकत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । समितको उपाध्यक्षमा भीम बहादुर जिसी, सचिवमा सीता देवकोटा र कोषाध्यक्षमा उषा पौडेल चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा दुर्गा पौडेल, राजकुमारी शाही, डिला थापा, पुरणकुमारी रामजाली, विमलसरा विसी, कृष्णा कुमारी गौतम र श्यामलाल अचार्य चुनिनुभएको छ ।
रुद्र गाहको अध्यक्षमा भएको साधारणसभाबाट गत आर्थिक बर्षको आर्थिक र प्रगति प्रतिवेदन तथा आगामी आर्थिक बर्षको बजेट, नीति तथा कार्यक्रम पारित गरिएको छ ।