सुर्खेत । कर्णाली प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचित सदस्य अधिकांस ५० बर्ष नाघेकाहरुको वर्चश्व देखिएको छ ।
राजनीतिमा युवा पुस्ताको उदय भइरहेको भनिए पनि कर्णालीमा भने ५० वर्ष कटेकाहरुकै वर्चश्व देखिएको हो ।
प्रत्यक्षतर्फ निर्वाचित २४ जना सांसदमध्ये ५० देखि ७० वर्ष उमेर समूहका सांसदहरुको संख्या १७ छ भने ४० देखि ५० वर्ष उमेर समूहका ६ जना सांसदमा चुनिाएका छन् ।
यस्तै ३० देखि ४० वर्ष उमेर समूहको जम्मा एक जना सांसदको रुपमा निर्वाचित भएका छन ।
निर्वाचन आयोगको विवरण अनुसार दैलेख क्षेत्र नम्बर २ (२) बाट निर्वाचित नेकपा एमालेका विनोद कुमार शाह सबैभन्दा बढी ६६ वर्षका हुनुहुन्छ भने सबैभन्दा कान्छा सांसद दैलेख क्षेत्र नम्बर २ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य घनश्याम भण्डारी ३९ वर्षका हुनुहुन्छ । उहा नेपाली कांग्रेसबाट निर्वाचित सांसद हुनुहुन्छ ।
शाहसहित ६० देखि ७० वर्ष उमेर समूहको सूचीमा एमालेका प्रदेश इञ्चार्ज एवं सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ (१) बाट निर्वाचित सांसद यामलाल कँडेल, कालिकोट (२) बाट निर्वाचत सांसद हिक्मतबहादुर विष्ट र जुम्ला (१) बाट निर्वाचित स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाही छन् । कँडेल ६१ वर्षको पुग्दा कांग्रेस नेता विष्ट ६१ र स्वतन्त्र सांसद शाही ६० वर्षका हुनुभयो ।
यस्तै ५०–५९ वर्ष उमेरसमूह अन्तर्गत रुकुम पश्चिम (१) बाट निर्वाचित सांसद महेन्द्र केसी २ बाट निर्वाचित सांसद राजकुमार शर्मा रहेका छन् । शर्मा र केसी दुवै जना माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् ।
यस्तै सुर्खेत निर्वाचन क्षेत्र १ (१) बाट निर्वाचित सांसद कांग्रेसका जिल्ला सभापति खड्गबहादुर पोखरलेल ५९ वर्षका हुनुभयो भने दैलेख क्षेत्र नम्बर १ (१) बाट निर्वाचित सांसद पुर्णबहादुर खत्री ५५ वर्षका हुनुभयो । दैलेख १ (२) बाट निर्वाचिन सांसद कृष्ण कुमार विसी ५८, जाजरकोट (२) बाट निर्वाचित सांसद राजिवविक्रम शाह ५४ वर्षका हुनुभयो ।
यस्तै कर्णालीका वहालवाला मुख्यमन्त्री एवं हुम्ला (२) बाट निर्वाचित जीवनबहादुर शाही ५८ वर्ष, सल्यान (२) बाट निर्वाचिन सांसद सुरेश अधिकारी ५४ वर्षका हुँनुभयो ।