जनतालाई एकताको सुत्रमा बाँध्न हिन्दु राष्ट्र चाहिन्छः राप्रपा अध्यक्ष थापा (अन्तरवार्ता)

सुर्खेत, १७ असार (जागरण) । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट प्रजातान्त्रिक युवा संगठनको कर्णाली प्रदेशस्तरीय भेला तथा प्रशिक्षण आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा शुरु भएको छ ।
भोलीसम्म चल्ने भेलाको राप्रपा अध्यक्ष कमल थापाले आज वीरेन्द्रनगरमा उद्घाटन गर्नुभएको हो । प्रशिक्षणमा कर्णाली प्रदेशका १० वटै जिल्लाका करिब एक सय जना युवाहरुको उपस्थिति रहेको छ ।
भेलामा बोल्दै अध्यक्ष थापाले पार्टीको जिम्मेवारी युवाको काँधमा आएको भन्दै हिन्दुराष्ट्रको लागि अन्तिम लडाई अब शुरु हुने बताउनुभयो ।
कार्यक्रममा पार्टीका कर्णाली प्रदेश प्रमुख धनबहादुर बुढा, युवा संगठनका केन्द्रिय अध्यक्ष प्रकाश रिमाललगायत भातृसंगठनका केन्द्रिय पदाधिकारीहरु, कर्णाली प्रदेशका विभिन्न जिल्लाका पार्टी अध्यक्ष, सुर्खेत जिल्लाका विभिन्न पदाधिकारीहरुको उपस्थिति रहेको थियो । यसैबिच, राप्रपा अध्यक्ष कमल थापासँग समसामयिक राजनितीक विषयमा केन्द्रित रहेर कुराकानी गरेका छौँ । उहाँलाई सहकर्मी मुना हमालले सबैभन्दा पहिला प्रदेश र केन्द्रको निर्वाचनपछि यहाँहरु राष्ट्रिय पार्टी बन्न सक्नुभएन । अहिले राप्रपा के गर्दैछ ? भनेर सोध्नुभएको छ । सुन्नुस् यो कुराकानी ।