राष्ट्रियसभा अध्यक्षमा एमालेका गणेश तिमिल्सिना निर्वाचित

काठमाण्डौँ, ३० फागुन (जागरण) । नेकपा एमालेका गणेश तिमिल्सिना राष्ट्रियसभा अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
आज बसेको राष्ट्रियसभाको बैठकले तिमल्सिनालाई निर्विरोध अध्यक्ष घोषणा गरेको हो ।
संघीय संसद सचिवालयमा राष्ट्रियसभाको अध्यक्षका तिमिल्सिनाको मात्र उम्मेदवारी परेपछि उहाँलाइ अध्यक्ष घोषणा गरिएको हो ।
वाम गठबन्धनमा पद बाँडफाँड गर्दा आफ्नो भागमा परेको राष्ट्रियसभाको अध्यक्षमा एमालेले तिमिल्सिनालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
वाम गठबन्धनको स्पष्ट बहुमत रहेकाले तिमिल्सिनाले जित्ने निश्चित भएका कारण कांग्रेसले उम्मेदवारी दिएको थिएन ।
५९ सदस्यीय राष्ट्रियसभामा एमालेका २९, कांग्रेस र माओवादी केन्द्रका १३–१३ तथा राजपा र संघीय समाजवादी फोरमका दुई दुईजना सांसद छन् ।