मिलन चाैतारीमा पुन: देवकाेटा


र्खेत, २४ मंसिर ।
मिलन चाैतारी बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: यज्ञप्रसाद देवकाेटा चयन हुनु भएकाे छ ।
शनिबार वीरेन्द्रनगरमा सम्पन्न संस्थाकाे साेह्राैं साधारणसभाबाट देवकाेटाकाे नेतृत्वमा सञ्चालक समिति चयन भएकाे हाे । उपाध्यक्षमा डम्मर बहादुर थापा, सचिवमा माेहन देवकाेटा, काेषाध्यक्षमा कृष्णप्रसाद उपाध्याय चयन हुनुभएकाे छ । सदस्यहरूमा भीमप्रकाश देवकाेटा, धनन्जय उपाध्याय, शिवराज खड्का, उमा ढकाल, जमुना थापा, हरि बहादुर खत्री र कुलमान नेपाली हुनुहुन्छ । साधारणसभा वडा नं ७ का अध्यक्ष ध्रुव कुमार चपाईकाे प्रमुख आतित्यतामा सम्पन्न भएकाे हाे । साधारणसभाबाट आर्थिक तथा प्रगति प्रतिवेदन पारित गरिएकाे छ ।