रेविज संक्रमण फैलिँदै

भावना राना
सुर्खेत । सुर्खेतको भेरीगगांमा रेविज संक्रमण फैलिदै गएको छ । जसबाट एक जना मानिस र पशु–चौपायाको समेत मृत्यु भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
गत साउन १७ गते बिरामी कुकुर मरेपछि ल्याव टेष्ट गर्दा रेविज रोग देखिएको थियो । त्यसपश्चात नै सचेतनाका कार्यक्रम सञ्चालन भएका थिए ।
३ सय ६० कुकुरलाई रेविज खोप लगाईसकेको भए पनि २६ पशुको मृत्यु भएको जनश्वास्थ्यले जनाएको छ । मृत्यु भएका पशु मध्ये ५ को ल्याव टेष्ट गर्दा ५ वटा मै रेविज पुष्टि भएको हो ।
अहिले घरपालुवा कुकुरहरुलाई रेविज लाग्न नदिन विभिन्न सचेतनामूलक कार्याक्रमहरु सञ्चालन भईरहेका छन् । समुदायमा छोडिएका छाडा कुकुरहरुले गर्दा रेविज नियन्त्रणमा समस्या भएको हो ।
छाडा छोडिएका कुकुरहरुलाई खोप लगाउन समस्या हुदा सामुदायिक छाडा कुकुरहरुले गर्दा अत्यधिक मात्रामा रेविज देखिएको सुर्खेतको भेरीगंगा नगरपालिकाका पशु सेवा शाखाका भोज प्रसाद चपाईले बताउनु भयो ।
अहिले भेरीगंगाका लगभग ८० जना मानिसले रेविज विरुद्धको खोप लगाई सकेका छन् ।
यता, कर्णाली प्रदेश पशुसेवा निर्देशनालयका सुचना अधिकारी मोहन गिरी रेविज नियन्त्रणको सबै जिम्मा स्थानिय सरकारलाई दिएको र स्थानिय सरकारलाई आवश्यक सहयोग गर्ने बताउनु भयो ।
यस्तै, रेविज रोगको बाट बच्न कुकुरलाई रेविज विरुद्धको खोप लगाउनुपर्ने फिजिसियन डा. के.एन पौडेलको भनाई छ ।
भुसिया कुकुरबाट अन्य कुकुरमा सर्दै यसको संक्रमण बढ्दै जाने हुदा यस्ता कुकुरको नियन्त्रण गर्ने र घरपालुवा कुकुरलाई पनि निरन्तर रेविज भ्याक्सिन लगाउनुपर्ने, कुकुरले टोक्ने वितिक्कै भ्याक्सिन लगाउने र उपचार गर्न उहाँले आग्रह गर्नु भयो ।