समृद्धिका लागि शिक्षामा लगानी अपरिहार्य : कंडेल


सुर्खेत,१ पुस ।
पूर्व मन्त्री एवं कर्णाली प्रदेशसभा सदस्य यामलाल कंडेलले विकास र समृद्धिका लागि शिक्षामा लगानी अपरिहार्य रहेको बताउनुभएको छ ।
सुर्खेतको वीरेन्द्रनगर स्थित अमर ज्योति नमूना माध्यामिक विद्यालयको नव निर्मित प्राविधिक भवनको उद्घाटन कार्यक्रममा बोल्दै कंडेलले यस्तो बताउनुभएको हो । यस्तै विकासका लागि दक्ष जनशक्तिको आवश्यक पर्ने र त्यसको लागि प्राविधिक शिक्षामा लगानी गर्नुपर्ने कंडेलले बताउनुभयो । उहाँले आगामी शिक्षा क्षेत्रको विकासका लागि आफ्नो लागिपर्ने स्पष्ट पार्नुभयो । आर्थिक बर्ष २०७६–०७७ मा निर्माण सुरु भएको १५ कोठे दुई वटा भवनको सांसद कंडेल शुक्रबार उद्घाटन गर्नुभएको छ । कंडेलको सांसद विकास कोषबाट ५० लाख कर्णाली प्रदेश सरकारको १ करोड र विद्यालयको ७० लाख गरी २ करोड २० लाख लागतमा भवन निर्माण भएको विद्यालयका प्रधानाध्यापक खगेन्द्र थापाले जानकारी दिनुभयो । यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण प्रसाद पौडेलले सुविधासम्पन्न भवन निर्माण भएपनि गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्न सकिने बताउनुभयो ।
अमरज्योतिले प्राविधिक शिक्षा तर्फ डिप्लोमा तहमा सिभिल सव इन्जिनियरिङ्ग र जियोमेट्रिक्स विषयको अध्यापन गराउँदै आएको छ ।