सुर्खेतमा नेपथ्य लाइभ कन्सर्टको आयोजना गरिँदै

नन्द कठायत

सुर्खेत । मानव सेवा आश्रमले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नेपथ्य लाइभ कन्सर्टको आयोजना गर्ने भएको छ ।
सहयोगापेक्षी सडक आश्रित मानवहरको सेवा गर्दै आएको मानव सेवा आश्रमले यही पौष ६ गते सर्खुेतको खुल्लामञ्चमा मानवताका सांगीतक यात्रा कन्सर्ट गर्ने भएको हो ।
मानव सेवा आश्रम केन्द्रले आज पत्रकार सम्मेलनमार्फत नेपालको चर्चित व्याण्ड नेपथ्य ब्याण्डसँगको सहकार्यमा मानव सेवा आश्रममा संरक्षितहरुको दीर्घकालिन मानवोचित व्यवस्थापन एवम स्वास्थ्य उपचारका लागि आपतकालिन अक्षयकोष स्थापनार्थ कायक्रम गर्न लागेको जनाएको जनाएको छ ।
नेपथ्य लाइफ कन्र्सट समितिका संयोजक टिकाराम चपाइले आश्रमले बेसहारा, अशक्त, असहाय, अनाथ, परामर्श, अभिभावकविहीन, पुनर्मिलन, लालनपालन, संरक्षण मानवोचित व्यावस्थापन गर्दै आइरहेको भन्र्दै त्यसमा सबैको साथ आवश्यक रहेको बताउनुभएको छ ।
नेपथ्य ब्याण्डका चर्चित गायक अमृत गुरुङले मानवताका झल्किने र मानवता प्रवद्र्धमा सहयोग पुग्ने गीतहरु कन्सर्टमा प्रस्तुत गर्ने संयोजक चपाइले बताउनुभयो ।
हेटौंडामा मुख्य कार्यालय रहेको मानव सेवा आश्रमले हाल सातै प्रदेशको १९ वटा जिल्लाहरुमा २३ वटा केन्द्र संचालन गरिरहेको छ ।
यि २३ वटा केन्द्रले ७७ वटै जिल्लामा आफ्ना सेवा प्रवाह गरिरहेका छन् । सुर्खेतको विरेन्द्रनगर नगरपालिका १२ मा रहेको मानव सेवा आश्रमले आफ्ना सेवा प्रवाह गरिरहेको छ ।
मानव सेवा आश्रम केन्द्र सुर्खेतमा हाल ४२ पुरुष, २९ महिला र ४ बच्चागरी ७५ जना सहयोगापेक्षी व्यक्ति संरक्षित रहेका मानवसेवा आश्रम कर्णाली प्रदेश संयोजक सञ्जिता गौतमले बताउनुभयो ।
उहाँले नेपथ्यसँगको सहकार्यले यो अवस्थामा अब उल्लेखनीय फड्को मार्ने विश्वास लिइएको बताउनुभएको छ ।
सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावक विहीन, मानशिक तथा शारिरिक रुपमा कमजोर) सडक आश्रित मानवहरुले आश्रय पाइरहेकाले पनि नेपथ्यसँगको सहकार्य मार्फत आथीर्क संकलनमा समेत सहज हुने प्रदेश संयोजक गौतमले बताउनुभयो ।
यस्तै, मानव सेवा आश्रममका केन्द्रीय संस्थापक एवं अध्यक्ष श्रीरामजी अधिकारीले नेपथ्यसँगको सहकार्यमा जुटेपछि आफूहरुको मनोबल अत्यन्तै उच्च बन्नपुगेको बताउनुभयो ।
उहाँले साँगीतिक क्षेत्रमा लागेका संस्थाहरुमध्ये नेपथ्यको सामाजिक योगदान र नैतिक वल अत्यन्त उच्च देखिएकै कारण आफुहरुले यो ब्याण्डसँग सहकार्य गरेको बताउनुभयो ।
अपहेलित भएर सडकको पेटी वा नदीका बगरमा एकजना पनि भोकै सुतेको दृश्य देख्नु नपरोस् भन्ने नै अब ’मानव सेवा आश्रम’ र ’नेपथ्य’ दुवैको साझा संकल्प बन्नपुगेको अध्यक्ष श्रीरामजी अधिकारीको भनाइ छ ।