बजेट कार्यान्वयनमा जोड दिन सांसदहरुको सुझाव

सुर्खेत, १७ असार (जागरण) । कर्णाली प्रदेशका सांसदहरुले बजेट कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । आजको संसद वैठकमा मन्त्रालयगत योजना र बजेटमाथिको छलफलमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् ।
सांसदहरुले बजेट कार्यान्वयनमा सरकारले ईमान्दारिता देखाएमा कर्णालीको समृद्धिको बाटो खुल्ने विश्वास व्यक्त गरेका छन् ।
छलफलमा भाग लिँदै सांसद विन्दमान विष्टले सरकार र सांसद मिलेर बजेट कार्यान्वयनमा लागेमा यो बजेट कर्णालीको विकासको आधारपत्र हुने बताउनुभयो ।
सांसद अमृता शाहीले रातो किताबमा समावेश भएका योजनालाई जनतासमक्ष पु¥याउन सकेमात्रै उपलब्धी देखिने बताउनुभयो ।
यस्तै, सांसद पद्मा खड्काले सबैको सुझावलाई मनन गर्दै सरकारले गल्तीहरुलाई सच्याउँदै अघि बढ्न आग्रह गर्नुभयो ।
सांसद ठम्मर विष्ट, करविर शाही, मिनासिं रखाल र झोवा विकलगायतका सांसदले छलफलमा भाग लिनुभएको थियो ।