असुरक्षित रुपमा गर्भपतन गराउनु प्रजनन स्वास्थ्यको लागि हानिकारक

सुर्खेत । असुरक्षित रुपमा गर्भपतनले प्रजनन स्वास्थ्यमा गम्भिर असर पर्ने भन्दै सचेत रहन सरोकारवालाहरुले आग्रह गरेका छन ।
विएण्ड वेइजिङ कमिटी र सिमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) ले आयोजना गरेको सुरक्षित गर्भपतनका लागि मिडिया सम्बेदशिलता कार्यक्रममा सहभागि सरोकारवालाहरुले असुरक्षित रुपमा गर्भपतन भइरहेको भन्दै सचेतना फैलाउनुपर्नेमा जोड दिएका हुन ।
कार्यक्रममा प्रस्तुतीकरण गर्दै जनस्वास्थ्य अधिकृत नवराज भट्टराइले सुरक्षित गर्भपतन गराउन चेतना फैलाउनुपर्नेमा जोड दिँदै यसमा मिडियाहरुको भुमीका धेरै हुने बताउनुभयो ।
उहाले अहिले पालिकासम्म सुरक्षित रुपमा गर्भपतन सेवा संचालन भएपनि सुरक्षित रुपमा गर्भपतन गराउनेको संख्या घटेको बताउनुभयो ।
उहाले असुरक्षित रुपमा गर्भपत गराउँदा भविश्यमा प्रजनन स्वास्थ्यमा असर पर्ने भन्दै सचेत रहन आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै सिमान्तकृत समुदायका लागि महिला संस्था (वाम) का निर्देशक मधुरानी ढकालले सुर्खेतमा पछिल्लो समय असुरक्षित गर्भपतन भइरहेको बताउनुभयो ।
उहाले चोकचोकमा जथाभावी कानुनविपरित यस्तो कार्य भइरहेको भन्दै यस सम्बन्धी सचेतना दिन आफुहरुले वीरेन्द्रनगर र वराहातालका तिनवटा विद्यालयमा कार्यक्रम संचालन गरिरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा वियण्ड वेइजिङ कमिटीका महासचिव कृष्ण कुमारी वाइवा लगायतको सहभागिता रहेको छ ।