कालीकोटको खाँडाचक्र नगरपालिकाका नायव सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सुर्खेत । कालीकोटको खाँडाचक्र नगरपालिकाका नायव सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायव सुब्बा दिपकराज देवकोटाविरुद्ध गैरकानुनी लाभ तथा हानी पु¥याइ भ्रष्टाचार गरेको आरोपमा मंगलबार विशेष अदालत काठमाडौंमा मु्द्दा दायर गरेको हो ।
नगरपालिकाले पोल्ट्री बंगुर फार्मसँग ४२० कुखुरा उपलब्ध गराउने गरी सम्झौता गरेको थियो। तर, नायब सुब्बा देवकोटाले उक्त फार्मको नाममा भुक्तानी लिइ चेक लुकाएर फार्मसँग घुस माग गरेको उजुरी निवेदनका आधारमा अनुसन्धान गर्दा भ्रष्टाचार गरेको पाइएकाले मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
उहाले त्यही क्रममा एक लाख सन्तानब्बे हजार आठ सय रुपैयाँ हिनामिना गरेको पाइएको अख्तियारको ठहर छ ।
अख्तियारका अनुसार देवकोटाले पोल्ट्री बंगुर फार्मलाई १ लाख ८० हजार १८० रुपैयाँ सम्झौताअनुसार कुखुरा चल्लाको भुक्तानी दिनुपर्नेमा उक्त रकमबाट ३० हजार १८० रुपैयाँ घुस लिएको पाइएको छ ।