माओवादी कर्णाली प्रदेश संसदीय दलको नेतामा शर्मा चयन

सुर्खेत । कर्णाली प्रदेश सभा नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा राजकुमार शर्मा (आर्ट) सर्वसम्मत चयन हुनुभएको छ ।
मंगलबार बसेको प्रदेश कमिटी बैठकले शर्मालाई सर्वसम्मत रुपमा दल नेतामा चयन गरेको हो ।
दल नेताका लागि चार जनाको दाबी रहेको थियो । दाबी गर्नेमा कालिकोटका दुर्गबहादुर रावत, सुर्खेतका विन्दमान विष्ट र कृष्ण जिसी रहेका थिए । अन्तिममा तीनैजना ब्याक हुँदा शर्मा सर्वसम्मत रुपमा दल नेतामा चयन हुनुभएको हो । शर्मा रुकुम पश्चिम (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।