युवा लक्षित कृषि कार्यक्रम ल्याउन सरकारलाई सुझाव

सुर्खेत । सरकारले युवालाई कृषिमा आकर्षित गराउने खालका नीति र कृषिको व्यावसायिक तथा आधुनिकीकरणमा जोड दिनुपर्ने सरोकारवालहरुले बताएका छन् ।
उत्पादनशिल युवाहरु वैदेशिक श्रम बजारमा प्रवेश गर्ने गरेको भन्दै युवाहरुलाई कृषि क्षेत्रमा आकर्षित गरी कृषि उत्पादन र उत्पादकत्वमा वृद्धि गर्ने र कृषि क्षेत्रको व्यवसायीकरणवाट आय आर्जन वढ्ने भएकाले सरकारले युवा लक्षित कृषि व्यवसायमा जोड दिनुपर्ने बताएका हुन् ।
उनीहरुले कृषिलाई आयमूलक र मर्यादित पेसा तथा उत्पादनशील व्यवसायको रूपमा विकास गर्न सहुलियतपूर्ण कर्जालाई व्यावस्थित गर्नुपर्ने, उत्पादित वस्तुहरु बजारीकरणको व्यावस्था गर्न जोड दिएका छन ।
सर्खेतको लेकवेसी ९ मा रहेको साना किसान कृषी सहकारी संस्थाका प्रबन्धक हरिप्रसाद पौड्यालले बजारको सुनश्चित नहुदा उत्पादित वस्तु खेर जाने र कृषी पेसाबाट धेरै युवाहरु वैदेशिक रोजगारमा पलायन हुनुपरेको बताउनुभयो ।
सरकारले कृषिमा युवाहरुलाई स्वरोजगार बनाउन र टिकाइ राख्न आधुनीक प्रविधि र सिपको व्यावस्थापन गर्नु पर्ने उहाले कर्णाली रैबारसँग सुझाव दिनुभयो । यता, प्रदेश सरकारले भने सरकारका अधिकांश कृषिका कार्यक्रमहरु युवा र अनुदानमुखी रहेका जनाएको छ ।
प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धन बहादुर कठायतले किसानलाई अनुदान, फलफूल, तरकारी र दूध उत्पादनमा कृषकलाई अनुदान, रैथाने बाली उत्पादनलगायतका कार्यक्रम सञ्चालनमा रहेका जानकारी दिनुभयो । पछिल्लो समय कृषक, बढी आर्कषक हुदा उत्पादनमा बृद्धी भएसँगै उत्पादीत वस्तुको बजारीकरणमा चुनौति भएको भन्दै सरकारले अब उत्पादनका कार्यक्रम सँगै बजारीकरणमा जोड दिइने प्रवक्ता कठायतले बताउनुभयो । प्रदेश सरकारले यो चालु आर्थिक वर्ष २०७९÷८० को बजेटमा कृषि क्षेत्रका लागि २ अर्ब ४१ करोड बजेट विनियोजन गरेको छ ।
यसअघिका आर्थिक वर्षमा अनुदानका कार्यक्रम प्रभावकारी नभएको भन्दै सरकारले आगामी वर्षमा थप आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरणमा जोड दिई उत्पादकत्व तथा उत्पादनमा जोड दिइने जनाएको छ ।