सुर्खेतमा प्राइम लाइफको ‘सुरक्षित भविष्य’ अन्तरक्रिया कार्यक्रम सम्पन्न


सुर्खेत, १९ पुस ।
प्राइम लाइफ इन्स्यौरेन्स कम्पनीले ‘सुरक्षित भविष्य’ अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
कम्पनीले मंगलबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । अन्तरक्रियामा प्राइम लाइफमा आवद्ध अभिकर्ता, एजेन्सी म्यानेजर, सिनियर म्यानेजर, कर्मचारी लगायतको सहभागिता रहेको थियो । अन्तरक्रियामा कम्पनीका मार्केटिङ प्रमुख नविन थापाले जीवन विमा व्यवसाय सम्पानित एवं पुण्यको काम भएको बताउनुभयो थियो । उहाँले नीति नियम र लाभका बारेमा विमितहरुलाई स्पष्ट पारेर विमा गराउन सुझाव दिनुभयो । कम्पनीका कर्णाली प्रदेश राम बहादुर शाहीले प्राइम लाइफ उत्कृष्ट विमा कम्पनीहरुको स्थानमा रहेको भन्दै यसका बारेमा बुझाउन आग्रह गर्नुभयो । उहाँले प्राइम लाइफले विमित र अभिकर्ताहरुका लागि आकर्षण योजनाहरु सञ्चालनमा ल्याएको पनि जानकारी गराउनुभएको थियो ।