कर्णालीमा सरकार गठनका लागि आह्वान, कसले पाउला मुख्यमन्त्री ?

सुर्खेत,२१ पुस ।
कर्णाली प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरिएकाे छ।
प्रदेश प्रमुख तिलक परियारले ७ दिन भित्र सरका गठनका लागि आह्वान गरेका गर्नुभएकाे हाे । बिहीबार प्रदेश प्रमुख कार्यलयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार पुस २७ गते अपरान्ह ५ बजेसम्म मुख्यमन्त्री नियुक्तीका लागि आह्वान गरिएको छ । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरिएको छ । कुनै पनि दलले बहुमत प्राप्त नगरेका कारण धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा सो भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने व्यक्तिको नेतृत्वमा सरकार गठन आह्वान गरिएको विज्ञप्तिमा उल्लेख छ ।

को बन्ला मुख्यमन्त्री
कर्णाली प्रदेशमा प्रदेशसभा सदस्यको संख्या ४० रहेको छ । जस मध्य कांग्रेसका १४, माओवादीका १३, एमालेका १०, राप्रपा, एकीकृत समाजवादीको १÷१ र एक जना स्वतन्त्र सांसद रहेका छन् । सरकार गठनका लागि २१ सिट आवाश्यक पर्दछ । केन्द्रको सत्ता समीकरण अनुसार कर्णालीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको सरकार गठनका लागि प्रर्याप्त संख्या रहेको छ ।यी दुई दलको सरकार बन्ने पक्का जस्तै भएकाले अहिले दुबै दलले मुख्यमन्त्रीका लागि आ–आफ्नो पार्टी नेतृत्वलाई दबाव दिइरहेका छन् । एमाले कर्णाली प्रदेशसभा संसदीय दलको नेतामा यामलाल कंडेल र माओवादी केन्द्रबाट राजकुमार शर्मा संसदीय दलको नेतामा चुनिइसकन्नु भएकाे छ । अब बन्ने सरकार यी दुई मध्य एकले नेतृत्व गर्ने करिब निश्चित देखिन्छ । आफ्नाे दलले सरकारको नेतृत्व गर्नुपर्ने माग गर्दै दुबै पार्टीका प्रदेश तथा जिल्लाका नेताहरुले आआफ्ना नेतृत्वलाई भेटका छन् ।
आफ्नो दल सत्ता साझेदारको ठूलो दल भएकाले आफूले नेतृत्व गर्न पाउनुपर्ने माओवादीका नेताहरुको दाबि छ भने एमालेका नेताहरुले यसअघि एमाले पहिलो दल हुँदा पनि माओवादीलाई नेतृत्व सुम्पिएकाले यस पटक आफ्नो दलले मुख्यमन्त्री पाउनुपर्ने बताउँदै आएका छन् । २०७४ को निर्वाचनमा एमालेले ४० मध्य २० सिट जितेको थियो । त्यसबेला १३ सिट जितेको माओवादीले सरकारको नेतृत्व गरेको थियो । यस पटक पनि एमाले समानुपातिक तर्फ सबैभन्दा बढी सीट ल्याएकाे छ । समानुपातिक तर्फ १६ मध्य एमालेले ६, काँग्रेसले ५, माओवादीले ४, राप्रपा र एकीकृत समाजवादीले एक एक सिट जितेका छन् । प्रत्यक्ष भने काँग्रेस पहिलाे माओवादी दाेस्राे र एमाले तेस्राे दल छन् ।