शिक्षा क्षेत्रमा सुधार गर्दै स्थानीय सरकार

सुर्खेत । कर्णालीका स्थानीय सरकारहरुले शैक्षिक गुणस्तर कायम गर्नेगरी नीति निर्माणमा लागेको बताएका छन ।
स्थानीय सरकारहरू संविधानप्रदत्त शिक्षाको अधिकार क्षेत्रभित्रका कामका लागि विधिसम्मत ढङ्गबाट, कानून, कार्यविधि र निर्देशिकामा जोड दिइएका बताएका हुन् ।
विद्यालयमा शिक्षण गर्दा आधुनिक प्रविधि प्रयोगदेखि, शिक्षक संख्या थप्नुका साथै विद्यार्थीको शिक्षण सिकाइ क्रियाकलापमा आएको नतिजाको आधारमा मूल्यांकन समेत गर्न थालिएको छ ।
सल्यानको बागचौर नगरपालिकाले शैक्षिक सुधारका लागि भन्दै भौतिक संरचना निमार्णसँगै, स्थानीय पठ्यक्रम र कार्यन्वयनलाई जोड दिएको छ ।
नगर प्रमुख जनकराज गौतमले शैक्षिक सुधारका लागि नगरपालिकाले विद्यालयको  भौ तिक पूर्वाधार, अभिभावक शिक्षा, शै क्षिक सामग्री, आवश्यक जनशक्तिको व्यावस्थापन र अनूगमनलाई व्यावस्थित बनाएको कर्णाली रैबारसँग बताउनुभयो ।
६८ वटा विद्यालय रहेको नगरपालिकामो चालु आर्थिक वर्षमा कुल बजेटको ३३ प्रतिशत बजेट शिक्षा क्षेत्रमा रहेको पनि उहाले बताउनुभयो । उहाका अनुसार विगतका वर्षमा भन्दा ७ दशमलव ५ प्रतिशतले बजेट बढी हो ।
यस्तै, मुगुम कार्मारोंग गाउँपालिकाले भने शिक्षा र स्वास्थ्यको शैंक्षिक अवस्था बिग्रिएको भन्दै पालिकाले आवासीय विद्यालय सञ्चालन गरेको जनाएको छ ।
गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले यार्सा संकलन समयमा पुर्ण रुपमा बन्द रहने र हिउदमा चिसोले गर्दा बालबालीका विद्यालय जान नसक्ने भएकाले आवासीय विद्यालय सञ्चालन ल्याएको जानकारी दिनुभयो ।
उहाँका अनूसार अहिले पालिका भित्रका ३ सय विद्यार्थी आवासीय विद्यालय बस्दै आएका छन् । गाउँपालिकाले चालु आर्थीक वर्षमा कुल बजेटको १९ प्रतिशत बजेट शिक्षा क्षेत्रमा विनियोजन गरको छ ।
यस्तै, कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाले पनि शिक्षामा लगानी, गुणस्तर र स्थानीय पाठ्यक्रम निर्माणलाई जोड दिइएको गाउँपालिका अध्यक्ष महेश बहादुर के.सीले बताउनुभयो ।
उहाँले विद्यालय शिक्षामा गरेको लगानी र परम्परागत शैक्षिक संरचनालाई हेर्दा शिक्षामा धेरै गुणस्तर र सुधार भइरहेको बताउनुभयो ।
उहाँका अनुसार गाउँपालिकाले शिक्षामा यो आर्थिक वर्ष एक करोड २० लाख विनियोजन गरेको छ ।
नेपालको संबिधान २०७२ ले नेपालमा संघीय व्यवस्था कार्यान्वयनमा अहिले नेपालमा आधारभूत र माध्यामिक शिक्षा सम्बन्धी अधिकार स्थानीय तहलाई दिएको छ । तर शैक्षिक गुणस्तर सुधार हुन नसकेको शिक्षासँग सरोकार राख्ने व्यक्तीहरु बताउछन ।