कर्णालीको मुख्यमन्त्रीमा माओवादीका शर्माले दाबी पेश गर्दै

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता राज कुमार शर्माले आज दाबी पेश गर्न लाग्नुभएको छ ।
दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाएर मुख्यमन्त्रीको दाबी पेस गर्न प्रदेश प्रमुख तिलक परियारले गरेको आव्हान आज साझ ५ बजेदेखि सकिदै छ ।
उहाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतसहित मुख्यमन्त्रीको दाबी पेश गर्न भन्नुभएको हो । प्रदेशमा कुनैपनि दलको एकल बहुमत छैन । त्यही अनुसार आज मुख्यमन्त्रीका लागि माओवादी संसदीय दलका नेता शर्माले दाबी पेश गर्न लाग्नुभएको हो ।
सत्ता गठबन्धनको सहमतीअनुसार कर्णाली प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रदलाई भाग लागेपछि उक्त पार्टी कर्णाली प्रदेश संसदीय दलका नेता राजकुमार शर्माले आफ्नो दाबी केही बेरमा पेश गर्ने तयारी गर्नुभएको छ ।
उहाले नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीमा आफ्नो दाबी पेश गर्ने तयारी गरेको नेकपा माओवादी केन्द्रले जनाएको छ ।
माओवादी केन्द्रबाट रुकुम पश्चिम (ख) बाट निर्वाचित शर्मा कर्णालीको तेस्रो मुख्यमन्त्री बन्नुहुने छ ।
कर्णाली प्रदेशसभामा ४० सांसद छन् । कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका १०, राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसद एक–एक रहेका छन् ।