कर्णाली प्रदेश सरकारको प्रगतीः १४ महिनामा १७ किलोमिटर सकड कालोपत्रे

सुर्खेत । कर्णाली प्रदेश सरकारले १४ महिनामा १७ किलोमिट सडक कालोपत्रे गरेको छ ।
मुख्यमन्त्री जीवन बहादुर शाहीले आफ्नो १४ महिनाको प्रगती विवरण सार्बजनिक गर्दै १४ महिनामा १७ किलोमिटर सडक कालोपत्रे गरिएको जानकारी दिनुभएको हो ।
यस्तै, १ सय १३ किलोमिटर खण्डस्मिथ तथा ६ सय २२ किलोमिटर कच्ची सडक निर्माण सम्पन्न सरकारले गरेको प्रगती विवरणमा उहाले भन्नुभएको छ ।
साथै यो अवधिमा १३ वटा झोलुङ्गे पुल, ८ वटा सडक पुल निर्माण सम्पन्न भएका र १ हजार ५७१ वटा जनता आवास र १०१ वटा विपन्नका घर निर्माण सम्पन्न भएका छन् ।
७ वटा सडक आयोजनालाई बहुवर्षीय ठेक्का सम्झौता गरी निर्माण गर्न अगाडि बढाइएको मुख्यमन्त्री शाहीले बताउनुभयो ।
प्रदेश मन्त्रालय तथा निकायहरूलाई एउटै परिसरभित्र रहने गरी एकीकृत प्रशासनिक भवन निर्माणको विस्तृत सम्भाव्यता अध्ययनको कार्य सम्पन र भवन निर्माणलाई बहुवर्षीय आयोजनाको रुपमा प्रक्रिया अघि बढाइएको छ ।
ग्रामीण क्षेत्रमा सडक सञ्जाल विस्तार गर्न एशियाली विकास बैंकको सहयोगमा ग्रामीण सञ्जाल सुधार आयोजना, स्थानीय तहको केन्द्र र वडाको केन्द्र पक्की सडकले जोड्न विश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम, प्रदेशिक सडक सञ्जाल गुरुयोजना अद्यावधिक गर्ने, उपआयोजना पहिचान एवं तयारी कार्य, आयोजाना संगठन संरचना निर्माण, डिजाइन, लागत अनुमान तथा खरिद सम्बन्धी डकुमेन्ट तयार गरी सहमतिको लागि पठाउने आदि कामहरु अगाडी बढाइएको छ ।
कृषितर्फ ५ सय ९२ वटा साना सिंचाई योजनाको निर्माण तथा मर्मतबाट करिब ३ सय ५० हेक्टर जग्गामा थप सिंचाई सुविधा विस्तार भएको मुख्यमन्त्री शाहीले बताउनुभयो ।
यस्तै, जगदुल्ला हाइड्रोपावर कम्पनीमा रु ११ करोड ७१ लाख ५० हजार शेयर लगानी प्रदेश सरकारको १० प्रतिशत लगानी र बाँकी वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र सँगको साझेदारीमा आठ वटा सोलार मिनी ग्रिड र डोल्पामा ७५० किलोवाटको आँखेखोला जलविद्युत आयोजना कार्यान्वयन भइरहेका छन् ।
यसैबिच, मुख्यमन्त्री शाहीले उहाँले आफ्ना प्रगति विवरण सार्वजनिक गर्दै कर्णाली समय, अवरुद्ध विकास पूर्वाधारहरुको निर्माण, ‘६ ब’ को कार्यान्वयन, सुशासन र कानुन निर्माण, स्थानीय तहसँगको समन्वय लगायतका क्षेत्रमा महत्वपूर्ण काम गरेको दाबी गर्नुभयो ।
२०७८ कात्तिक १६ गते जीवनबहादुरले कर्णाली सरकारको नेतृत्व गर्नुभएको थियो । मुख्यमन्त्री भएसँगै शाहीले ४३५ दिन कर्णालीका नागरिकहरुको सेवा गर्न अवसर पाउँदा खुसीको अनुभूति भएको बताउनुभयो ।