मुख्यमन्त्री शर्माद्वारा सपथ ग्रहण, दुई मन्त्री नियुक्त


सुर्खेत, २८ पुस ।
कर्णालीका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्मासँगै दुई मन्त्रीले पद तथा गोपनियताको शपथ लिनुभएकाे छ । बिहीबार प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री शर्मासहित दुई मन्त्रीलाई शपथ ग्रहण गराउनुभएकाे हाे ।
माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलका नेता शर्मा बुधबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे । शर्माले सत्ता साझेदार दल एमाले र माओवादी केन्द्रबाट एक एक जना मन्त्री नियुक्त गर्नुभएकाे छ । एमालेबाट विनोद कुमार शाह र माओवादी केन्द्रबाट मंगलबहादुर शाहीलाई विना विभागिय मन्त्री नियुक्त गर्नुभएकाे हाे । शाह दैलेख २ ख र शाही मुगु ख बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएकाे हाे । माओवादी केन्द्रले मुख्यमन्त्री र तीन तथा एमाले तीन मन्त्रालय पाउने निर्णय भएपनि कुन मन्त्राल कुन दलले लिने भन्ने विषय नमिल्दा विना विभागिय मन्त्री नियुक्त गरिएको हो ।
मुख्यमन्त्री शर्मालाई माओवादीका १३, एमालेका १०, राप्रपा र समाजवादी १-१ गरि जम्मा २५ जना सांसदको समर्थन रहेको छ ।