कर्णाली प्रदेशको उपसभामुखमा यशोदा न्यौपाने

सुर्खेत । कर्णाली प्रदेशको उपसभामुखमा नेकपा माओवादी केन्द्रकी यशोदा न्यौपाने विजयी हुनुभएको छ ।
बुधबार बसेको प्रदेश सभाको बैठकमा भएको मत विभाजनबाट उपसभामुखमा न्यौपाने विजयी हुनुभएको हो ।
बुधबार बसेको प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको पाँचौ बैठकले सत्तारुढ दलको तर्फबाट नेकपा माओवादी केन्द्रकी न्यौपाने विजयी हुनुभएको हो ।
न्यौपाने कालीकोटमा समानुपातिक कोटाबाट कर्णाली प्रदेशको सदस्यमा निर्वाचित हुनुभएको हो ।
नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य समेत रहेकी न्यौपानेको प्रस्तावक प्रदेश सभा सदस्य कृष्ण जिसी रहनुभएको थियो । भने नेकपा एमालेका विनोदकुमार शाहले सर्मथन गर्नुभएको थियो ।
न्यौपानेको पक्षमा २४ मत खसेको छ । जम्मा ४० जना प्रदेश सभा सदस्य रहेको कर्णली प्रदेशमा उपसभामुखको लागि भएको मतविभाजनमा ३८ जना सांसदले भाग लिएका थिए ।
यस्तै, कांग्रेसबाट उपसभामुखमा कांग्रेसबाट उम्मेदवारी बनेकी इन्द्राकुमारी शाहीको पक्षमा जम्मा १४ मत परेको छ ।