प्रभा रावत
सुर्खेत, २० असार (जागरण) । प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर । झट्ट नाम सुन्दा जति सुन्दर छ, त्यति नै यो शहर पछिल्लो समय प्रदुषित बन्दै गएको छ । अँझ वीरेन्द्रनगरभित्र बग्ने विभिन्न खोलाहरुमा प्रदुषण अत्याधिक बढ्दै जाँदा राजधानी शहर भन्न हिच्किचाउने नागरिक पनि कम छैनन् । बढ्दै गएको जनसंख्यासँगै शहरिकणको नाममा बिग्रँदै गएको नागरिकको बसोबास र बिग्रँदै गएको संस्कारले खोलानालामा दिनप्रतिदिन फोहोर बढ्दै गएको छ । त्यसैमाथि सम्बन्धित निकायले मानविय व्यवहारका कारण निस्किएका फोहोर मैलाको उचित व्यवस्थापन गर्न नसक्दा वातावरणीय समस्यासँगै नागरिकको स्वास्थ्यमा समेत असर पारेको छ । वीरेन्द्रनगरस्थित खोर्केखोलाको नजिक बस्दै आउनुभएकी स्थानीय गोमा विक–
पहिलेको वीरेन्द्रनगर र अहिलेको वीरेन्द्रनगरको सुन्दरतामा निकै नै फरक छ । विकास थोरै भएपनि पहिलेको वीरेन्द्रनगरमा पातला वस्तीसँगै स्वच्छ वातावरण थियो । तर अहिले अव्यवस्थित बसोबासका कारण नगरको सुन्दरतामा ह्रास आएको बुढापाकाको भनाई छ । वीरेन्द्रनगरका ज्येष्ठ नागरिक रातुराम सिंह पहिले र अहिलेको वीरेन्द्रनगरको सुन्दरताको तुलना यसरी गर्नुहुन्छ–
संघीय संरचनामा देश प्रवेश गरेसँगै अहिले केन्द्रदेखि स्थानीय तहसम्म नागरिकका सरकार छन् । जसले आ–आफ्नो गाउँ तथा नगरलाई विकसित, समृद्ध, स्वच्छ र व्यवस्थित बनाउने सपना जनतासामु बाँडेका छन् । अब यहाँको सरकारले नगरको सुन्दरता बिगारेको फोहोर व्यवस्थापन गर्न के गर्छ त ? वीरेन्द्रनगर नगरपालिकाका उाप्रमुख मोहनमाया ढकाल–
कलकल बग्ने खोला नाला आफैमा सुन्तरताले भरिएका हुन्छन् । तर मानविय क्रियाकलापका कारण ति खोलानाला कुरुप तथा फोहोर बन्दै गएका छन् नै मानव तथा पशुपंक्षीको स्वास्थ्यमा पनि असर परिरहेको छ । अहिले शौचालयबाट निस्कने फोहोरलाई नदीमा मिसाउने प्रकृया पनि बढदै गएको छ । हरेक शहरलाई अब कुरुप हुनबाट जोगाउन तथा वातावरणलाई स्वच्छ राखी स्वस्थ जीबन जिउन यसतर्फ सरकार र नागरिकको ध्यान जान आवश्यक देखिन्छ ।