सुर्खेतका पाँच जनामा दादुरा पुष्टी

सुर्खेत । सुर्खेतमा पनि दादुराका विरामी भेटिएका छन ।
नेपालले सन् २०१९ भित्रै दादुरा उन्मूलन गर्ने लक्ष्य राखेको थियो । तर अहिले पनि दादुराका बिरामी भेटिन थालेका हुन ।
सुर्खेतका तिन वटा पालिकामा पाँच जनामा दादुरा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
अहिले वीरेन्द्रनगरमा तिन गुर्भाकोट र चिङगाड गाँउपालिकामा समान एकएक जनामा दादुरा संङ्क्रमण देखिएको निर्देशनालयका सचुना अधिकारी पदमबहादुर केसीले जानकारी दिनुभयो ।
छिमेकी जिल्ला बाँकेमा दादुरको संक्रमण तिब्र भइहहेको बेला सुर्खेतमा पनि संक्रमण देखिएकाले सतर्कता अपाउन उहाँले सुझाँव दिनुभयो ।
दादुराँंग मिल्दोजुल्दो लक्षण भएका बिरामी देखिएपछि परीक्षण गर्दा दादुरा पुष्टी भएको केसीको भनाई छ ।
दादुराका विरामी भेटिएपछि प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले अहिले विभिन्न ठाँउमा परिक्षण र खोप अभियानलाई तिव्रता दिएको जनाइएको छ ।