कर्णालीमा मन्त्रीपरिषदले पूर्णता पायाे, एमाले भन्छ मन्त्री छनाैटमा विवाद छैन

सुर्खेत । कर्णाली प्रदेश सरकारकाे मन्त्री परिषदले पूर्णता पाएकाे छ । मुख्यमन्त्री राज कुमार शर्माले मन्त्री परिषदलाई आज पूर्णता दिनुभएकाे हाे ।

माओवादी केन्द्रबाट सुर्खेतका कृष्णबहादुर जिसी र सल्यानका भीमप्रकाश शर्मालाई मन्त्री नियुक्त हुनुभएकाे छ। जिसीलाई आन्तरिक मामिला तथा कानून मन्त्री, शर्मालाई भूमि व्यवस्था कृषि तथा सहकारी तथा यसअघि विना विभागिय मन्त्री मंगल शाहीलाई भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्रिकाे जिम्मेवारी  दिइएकाे छ  । यस्तै एमालेबाट विनोदकुमार शाहलाई आर्थिक मामिला तथा याेजना मन्त्रि, जुम्लाका टेकराज पछाईलाई सामाजिक विकास मन्त्रि र मुगुका जीत बहादुर मल्ललाई उधाेग पर्यटन तथा वन मन्त्रिमा नियुक्त गरिएकाे छ । मन्त्रि नियुक्तिका बिषयमा एमालेमा कुनै विवाद नरहेकाे पनि एमाले नेताहरूले बताएका छन्। मन्त्रिहरूले आजै प्रदेश प्रमुखबाट सपथ ग्रहण गर्ने तयारी भैरहेकाे छ ।