कर्णाली प्रदेश सरकारले आम सञ्चार प्रतिष्ठान गठन पक्रियालाई अगाडी बढाउने

सुर्खेत । कर्णाली प्रदेश सरकारले आम सञ्चार प्रतिष्ठान गठन पक्रियालाई अगाडी बढाउने भएको छ ।
यस अघि पनि प्रतिष्ठान गठन गरिने भनिएपनि पक्रियामै अल्झिएको थियो । अब उक्त प्रक्रियालाई अगाडी बढाइने भएको हो ।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसीले कर्णालीमा आमसंचार प्रतिठान गठन प्रक्रियालाई अघि बढाउने बताउनुभएको छ ।
पोखरामा जहाज दुर्घटनामा मृत्यु भएका प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष त्रिभुवन पौडेल लगायतकाहरुको १३ औं पुन्यतिथिमा प्रेससेन्टर कर्णाली प्रदेश समितिले सुर्खेतमा आयोजित श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जिसीले आम संचारप्रतिष्ठान मार्फत संचार क्षेत्रलाई प्रविधि मैत्री बनाउदै प्रवद्र्धन तथा विकास गर्न पहल गर्ने बताउनुभयो ।
पत्रकारको भौतिक तथा पेशागतका साथै स्वास्थ्य सुरक्षाका लागि पनि प्रदेश सरकारले अभिभावकत्व प्रदान गर्ने उहाँको भनाई छ ।
सुचना प्रविधिमा भएको विकासले शान्ति सुरक्षामा समेत चुनौती थपिएको भन्दै मन्त्री जिसीले प्रादेशिक तहमा सचेतनामुलक कार्यक्रमका सहितका सुरक्षा योजना बनाउने गरी तयारी भईरहेको जानकारी समेत दिनुभयो ।
घाईते अपाङगता भएका पत्रकार सहित सम्पूर्ण नागरिकलाई स्वास्थ्य उपचारको प्रबनध मिलाउने तथा पुर्नस्थापना केन्द्र निर्माण गर्ने योजना रहेको बताउनुभयो ।
संचारमाध्यमको विकासका लागि अविभाकत्व प्रदान गर्दै प्रदेश सरकारले मिडिया प्रवद्र्धन कार्यक्रमका लागि निति निर्माण गर्ने बताउनुभएको छ ।