कर्णाली प्रदेशमा सातवर्षमा ६ सय ४४ नयाँ कुष्ठरोगी फेला

सुर्खेत । कर्णाली प्रदेशमा सातवर्षमा ६ सय ४४ नयाँ कुष्ठरोगी फेला परेका छन् भने हाल ८४ जना कुष्ठरोगका बिरामी उपचारमै रहेका छन् । प्रदेशका दश जिल्लामा गरि ८४ जनाले उपचार गराउँदै आएका हुन् ।
जसमा सुर्खेत जिल्लामा १५ जना, दैलेखमा १२ जना, सल्यानमा ११ जना, रुकुमपश्चिममा ११ जना जाजरकोटमा ११ जना, जुम्लामा १० जना, कालिकोटमा ८ जना हुम्लामा २, डोल्पामा २ र मुगु जिल्लामा २ जना बिरामी रहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका क्षयकुष्ठ अधिकृत पदमबहादुर केसीले जानकारी दिनुभयो ।
उनीहरुको जिल्लाका स्वास्थ्य संस्था, प्राथमिक स्वास्थ्य चौकी लगाएतमा उपचार भइरहेको छ ।
आर्थिक वर्ष २०७२÷०७३ देखी आर्थिक वर्ष २०७८÷०७९ सम्म सातवर्षको अवधिमा कर्णालीमा नयाँ ६ सय ४४ जना कुष्ठरोगका बिरामी फेला परेको समेत निर्देशनालयले जानकारी दिएको छ ।
प्रदेशका १० जिल्लाको तथ्याङ्क अनुसार यो आर्थिक वर्षमा मात्रै ६८ बिरामी फेला परेका छन् ।
तुलनात्मकरूपमा कर्णालीका सुर्खेत, दैलेख, जाजरकोट, रुकुम पश्चिम र सल्यानमा नयाँ बिरामीको संख्या बढी छ ।
प्रति एक लाख जनसङ्ख्यामा एक जना कुष्ठरोगका बिरामी फेला पेरमा निवारण भएको अवस्था मानिने भएता पनि कर्णालीमा भने यो सङ्ख्या बढी हुन आउँछ ।
कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रो व्यक्टेरियम नामक किटाणुबाट लाग्ने रोग भन्दै उहाँले कर्णालीमा कुष्ठरोग निवारण गर्न निर्देशनालयले विभिन्न कार्यक्रम सञ्चालन गर्दै सुचना अधिकारी केसीले आएको कर्णाली रैबारसँग बताउनुभयो ।सन् २०३० सम्ममा राज्यले कुष्ठरोग शुन्यको अवस्थामा लैजाने लक्ष्य लिएकोमा कर्णाली प्रदेशमा त्यसरी नै काम भइरहेको उहाले बताउनुभयो ।