कर्णालीमा लागु औषध दुव्र्यसनी बढ्दै, सरोकारवालाहरुको चिन्ता

सुर्खेत । कर्णालीमा लागु औषध दुव्र्यसनी बढेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन । लागु औषधको अवैध ओसापसार र विक्रि वितरण रोक्ने विशेष पहल गर्नुपर्नेमा उनिहरुको जोड छ ।
सवैको समन्वयमा नै अहिले बढीरहेको लागु औषध दुव्र्यसन नियन्त्रण गर्न सकिने उनिहरुको भनाई छ । नागरिक समाजका अगुवा पीताम्बर ढकालले विभिन्न नाकाहरुमा कडाई गर्नुका साथै सचेतना मुलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा सुझाव दिनुभयो ।
उहाँले प्रहरीले नाकाहरुमा विशेष निग्रानी बढाउदा सुरक्षा संवेदनशिलतालाई ख्यालगरी प्रशासनले कडाई गर्नुपर्ने कर्णाली रैबारमार्फत सुझाव दिनुभयो ।
अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले पनि लागु औषध दुव्र्यसन प्रयोग कर्ताको संख्या बढ्दो क्रममा रहेको भन्दै दुव्र्यसनी बढ्नुको कारणको खोजीहुनु पर्ने बताउनुभयो ।
गैर सरकारी संस्था र सरकारले संचालन गरेका कार्यक्रमहरु प्रभावकारी नभएको भन्दै प्रभावकारी रुपमा सचेतना फैलाउनु आवश्यक रहेको बताउनुभयो ।
यता, प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठका अनूसार चालु आर्थिक वर्ष ०७९÷०८० को हाल सम्म लागु औषधको ओसारपसार, प्रयोग र बिक्रि वितरणका ५५ वटा मुद्दा प्रहरीमा दर्ता भएका छन ।
उक्त घटनामा एक सय दुई जनालाई प्रतिवादी बनाई प्रहरीले पक्राउ गरेको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । जसमा जना ९८ पुरुष र ७ जना महिला संलग्न रहेको छन् ।
गत आर्थिक वर्ष ०७८÷०७९ मा ९५ वटा मुद्दा प्रहरीमा दर्ता भएको थियो । जसमा संलग्न रहेको आरोपमा प्रहरीले एक सय ७२ जनालाई मुद्दा दायर गरी पक्राउ गरेको थियो ।
प्रहरीले २०७८÷०७९ को हालसम्म एक सय ४० ग्राम ८ सय ९४ मिलिग्राम ब्राउन सुगर, १२ ग्राम ८७ मिलिग्राम चरेश, चार सय ६ ग्राम गाँजा, ट्याव्लेट एक सय ७५ लागु औषध नियन्त्रणमा लिएको छ ।
प्रहरी प्रवक्ता श्रेष्ठले बर्षेनी लागु औषध दुव्यर्सन बढेको भन्दै नियन्त्रण गर्नका लागि सवैको आवश्यक रहेको बताउनुभयो ।
प्रहरी प्रवक्ता श्रेष्ठले सचेतनाको अभाव रहेको भन्दै स्कुल तहदेखि नै लागु औषध नियन्त्रण सम्बन्धि सचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो ।
प्रहरीले भने लागु औषध दुव्र्यसनले समाजलाई नै नकारात्मक प्रभाव पार्ने भएकोले सवैको सहयोगले मात्र नियन्त्रण गर्न सकिने जनाएको छ ।