देउती बज्यै मन्दिरका पुजारीको निधन

जागरण
सुर्खेत, २१ माघ ।
वीरेन्द्रनगर १० पिपिरामा रहेको गंगामाला देउती बज्यै मन्दिरका पुजारी टंक बहादुर राजीको निधन भएको छ ।
वीरेन्द्रनगर ११ ढोलढुङ्गास्थित आफ्नै घरमा शनिबार राती करिब तीन बजे निधन भएकाे  वीरेन्द्रनगर वडा नं. ११ का वडा अध्यक्ष खिमलाल देवकोटाले जानकारी दिनुभयो । अध्यक्ष देवकोटाका अनुसार पुजारी राजी केही समयअघिदेखि उच्च रक्तचाप, सुगर लगायत रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको जन्म २००७ भदौ ७ गते भएको थियो । ७२ बर्षको उमेरमा निधन भएको छ ।