डा गोविन्द केसी आइसियुमा, निषेधाज्ञा तोड्दै लगियो अस्पताल

जुम्ला, २० असार (जागरण) । गत शनीबारदेखि जुम्लामा अनसनरत डा गोविन्द केसीको अवस्था गम्भिर बन्दै गएपछि अस्पताल पु¥याईएको छ । उहाँको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले निषेधित क्षेत्र तोड्दै डा केसीलाई अस्पताल पुर्‍याएका हुन् ।

डा केसीलाई प्रतिष्ठानको शिक्षण अस्पतालको आइसियुमा राखिएको छ। अनसन बसिरहुनभएका डा केसी अर्धचेत भएपछि डाक्टरहरुको टोलीले जबरजस्ती आइसियुमा लगेका हुन् । आइयिसुमा डा केसीको उपचार भइरहेको छ ।
डा केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढथापा र डीएसपी डा तपन दाहालको टोली अस्पताल पुगेको छन् । उनीहरुले डा केसीको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् ।
अनसनस्थलमै डा केसीको स्वास्थ्य जटिल भएपछि छटपाएकाले चिकित्सकहरुले नै उहाँलाई अस्पताल पुर्‍याएको जुम्लाका डिएसपी दाहालले बताउनुभयो । अनसनस्थलमा डा केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गइरहेको भन्दै चिकित्सकहरुले तत्कालै काठमाडौं लैजान सुझाब दिएका थिए ।
पटक–पटकको अनसन र जुम्लाको प्रतिकुल मौसमका कारण डा केसीको स्वास्थ्य अवस्था यसपटक अनसनको दोस्रो दिनबाटै जटिल बनेको हो ।