प्रेस चाैतारीकाे स्थापना दिवसमा रक्तदान

सुर्खेत,२२ माघ ।

प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसका अवसरमा रक्तदान गरिएकाे छ । प्रस चाैतारी नेपाल जिल्ला समिति सुर्खेतकाे आयाेजनामा आज वीरेन्द्रनगरमा रक्तदान गरिएकाे हाे । मानवीय सेवाभाव प्रवर्द्धनका साथै रक्तदान बारे सकरात्मक सन्देश फैलाउने उधेश्यले रक्तदान कार्यक्रमकाे आयाेजना गरिएकाे प्रेस चौतारी नेपाल जिल्ला समिति सुर्खेतका अध्यक्ष गोविन्द खत्रीले जानकारी दिनुभयाे । कार्यक्रममा १५ जनाले रक्तदान गरेका छन् । रक्तदानअघि मंगलगढीचाैकबाट प्रभातफेरी समेत निकालिएकाे थियाे ।