समिक्षा बैठक सम्पन्न


सुर्खेत, २३ माघ ।
वीरेन्द्रनगरमा सम्पन्न स्थानीय तह स्तरीय पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको समिक्षा बैठक सम्पन्न भएको छ ।
यही माघ २० गतेदेखि २२ गतेसम्म वीरेन्द्रनगर ११ स्थित चन्द्र गंगा माध्यामिक विद्यालय गाग्रेतालमा प्रतियोगिता सम्पन्न भएको थियो । प्रतियोगिता सम्पन्न भएपश्चात सञ्चालन तथा व्यवस्थापन समितिको मंगलबार समिक्षा बैठक गरेको हो । प्रतियोगिता सफल रुपमा सम्पन्न भएको भन्दै सहयोग गर्ने सबै निकायलाई समितिले धन्यवाद ज्ञापन गरेको छ । प्रतियोगितामा २४ वटा सामुदायिक र ७ वटा संस्थागतगरी ३१ विद्यालयका ८२७ विद्यार्थीहरुले भाग लिएका थिए । एशोएस हर्मनमाइनर विद्यालयले प्रथम स्थान हाँसिल गर्दा सैनिक आवाशिय विद्यालयले द्वतीय र जन नमूना मावि तृतीय भएका छन् । प्रतियोगिताको उद्घाटन प्रदेशसभा सदस्य यामलाल कंडेलले गरेका थिए ।
प्रतियोगितामा छात्रा छात्र तर्फ छुट्टा छुट्टै विभिन्न खेलहरुको आयोजना गरिएको थियो । जसमा सटपट, त्रिपलजम्प, दौड, हाइजम्प, रिले दौड, ज्याभलिन थ्रो, कपर्दी र भलिबल खेल रहेका थिए । नगरप्रमुख मोहनमाया ढकाल, उपप्रमुख निलकण्ठ खनाल, शिक्षा युवा तथा खेलकुदा शाखाका प्रमुख धिरेन्द्र प्रसाद शर्मा, चन्द्र गंगा माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष घनश्याम कंडेल, वडा नं. ११ का अध्यक्ष खिलाल देवकोटा, खेल प्रशिक्षक, शिक्षक कर्मचारीहरुको सहभागिता रहेको थियो ।