कर्णाली प्रदेश सरकारले पाँच बर्षभित्र ५० हजार रोजगारी सिर्जना गर्ने

सुर्खेत । कर्णाली प्रदेश सरकारले पाँच बर्षभित्र प्रदेशका ५० हजार युवाहरुलाई स्वरोजगार बनाइने दाबी गरेको छ ।
प्रदेशको वेरोजगारी समस्या हल गर्न भन्दै प्रदेश सरकारले पाँच बर्षभित्र ५० हजार युवाहरुलाई स्वरोजगार बनाउने महत्वकांक्षी नीति लिएको हो ।
कर्णाली रैबारसँग कुराकानी गर्दै मुख्यमन्त्री राज कुमार शर्माले आफ्नो पदभार ग्रहण गर्दै प्रदेशको गरिबी र बेरोजगारी समस्या हटाउन बर्षमा १० हजार युवाहरुलाई रोजगारी दिने निर्णय गर्नुभएको थियो ।
मुख्यमन्त्री शर्माले युवाहरुलाई विभिन्न कृषि र वन पैदावर सम्बन्धीका उद्योग संचालन गरि रोजगारी दिइने बताउनुभयो ।
उहाले अहिले यस सम्बन्धीको कार्यदल गठन गरिएको जानकारी दिँदै कार्यदलको रिपोर्ट अनुसार युवाहरुलाई कुन क्षेत्रमा रोजगारी दिने भन्ने एकिन हुने बताउनुभयो ।
सस्तो लोकप्रियताका लागि निर्णय गरिएको होकी भन्ने प्रश्नमा उहाले वेरोजगारी समस्या हल गर्न गरिएको निर्णय कार्यान्वयनमा जाने दाबी गर्दै भन्नुभयो, “वेरोजगारी समस्या धेरै छ । अहिलेको आवश्यकतालाई केन्द्रमा राखेर यो निर्णय गरिएको हो, केही समयभित्रै यो कार्यान्वयनमा जान्छ ।”
उहाले अघिल्लो सरकारले शुरु गरेको बैंक खाता छोरीको सुरक्षा जिवनभरको कार्यक्रमलाई समेत प्रभावकारी बनाइने बताउनुभयो ।
यसैबिच, मुख्यमन्त्री शाहीले कर्णालीमा सुन फल्ने भन्दै त्यसलाई उपयोग गरि समृछ बनाउने योजना सुनाउनुभयो । तर प्रदेशमा जनशक्तीको अभाव रहेको उहाको भनाई छ । “म कर्णालीको हातमा सुनको डल्लो देख्छु उहाले भन्नुभयो । अब यो सुनलाई कुद्ने कालिगडको अवश्यकता छ । त्यस्ता कालिगड उत्पादनमा हामी लाग्ने छौँ ।”
कर्णालीमा राजस्व वृद्धि गर्नेगरी लाग्ने भन्दै राजस्व चुहावट हुनबाट रोक्नेगरी काम गरिने मुख्यमन्त्री शर्माले बताउनुभयो ।