सिम्तामा पालिका स्तरीय युवा क्लव गठन


जागरण, २५ माघ ।
सिम्ता गाउँपालिका स्तरीय युवा क्लब गठन गरिएकाे छ ।
बुधबार युवाहरूकाे भेलाले यमराज खत्रीकाे अध्यक्षतामा ११ सदस्यीय युवा क्लव गठन गरिएकाे हाे । यस्तै नमुना युवा गाउँसभा अभ्यास कार्यक्रम पनि सम्पन्न भएको छ। राष्ट्रिय युवा परिषदको सहयोग ,महिला शसक्तिकरण मञ्चको समन्वय र सिम्ता गाउँपालिकाको आयोजनामा अभ्यास कार्यक्रम गरिएकाे हाे । गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दको अध्यक्षतामा, उपाध्यक्ष गोमा शर्मा (रेग्मी),प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटा,विभिन्न वडाका वडाअध्यक्ष्यहरुको आतिथ्यतामा कार्यक्रम भएकाे थियाे । चार दिनसम्म चलेको कार्यक्रममा सहभागीहरुले नमुना युवा गाउँसभा अभ्यास प्रदर्शनी गर्नुका साथै नमुना युवामैत्रीपुर्ण नीति तथा कार्यक्रम निर्माण गरि गाउँपालिकामा पेस गरेका थिए।