
सुर्खेत, २८ माघ ।
सुर्खेतको चिङ्गाड गाउँपालिका ३ मा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालय काँडाघुवानीको स्तरोन्नतीका लागि शैक्षिक ज्ञान विज्ञान धार्मिक महोत्सव आयोजना गरिएको छ ।
चिङ्गाड –३ ठाँटी बजारमा आयोजना गरिएको महोत्सवको शनिबार एक कार्यक्रमका बीच कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले उद्घाटन गर्नुभएको हो । मन्त्री जिसीले शैक्षिक विकासका लागि समुदायको सहयोग र सहभागिता अपरिहार्य रहेको बताउनुभयो । चिङ्गाड गाउँपालिकाका अध्यक्ष बोधविक्रम जिसीले समाज रुपान्तरणका लागि नैतिक शिक्षा महत्वपूर्ण हुनेमा जोड दिनुभयो । नेकपा एमालेका कर्णाली प्रदेश कमिटि सदस्य बखत बहादुर खत्री, नेपाली काँग्रेसका महाधिवेश प्रतिनिधि हरिप्रसाद शर्मा, माओवादी केन्द्रका रेशम जिसी लगायतले महोत्वस सफल पार्न सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कक्षा ११ र १२ सञ्चालन गर्नका लागि सहयोग जुटाउने उद्येश्यले महत्सवको आयोजना गरिएको प्राधानाध्यापक शेरबहादुर जिसीले बताउनुभयो । एक सातासम्म सञ्चालन हुने उक्त महोत्सवमा
