वीरेन्द्रनगर मेयर कपकाे उपाधी वडा नं. १० काे पाेल्टामा


सुर्खेत, २९ माघ ।
दाेस्राे वीरेन्द्रनगर मेयरकप फुटबल प्रतियाेगिताकाे उपाधी वडा नं १० ले हात पारेकाे छ ।
आइतबार भएकाे फाइनल खेलमा वडा नं ४ लाई ४-३ गाेल अन्तरले पराजित गर्दै १० नं काे टाेलीले जित हात पारेकाे हाे । ९० मिनेटकाे पूरा समय खेल्दा दुबै टिमले समान २-२ गाेल गरेपछि खेल पेनाल्टी सुटआउटमा गएकाे थियाे । विजेता वडा नं . १० ले ५० हजार नगद र ट्रफि पाएकाे छ भने उप विजेता वडा नं ४ ले २५ हजार नगदमा चित्त बुझाएकाे छ । माघ २३ गतेदेखि २९ गतेसम्म सञ्चालन भएकाे प्रतियाेगितामा १३ वटा टिमकाे सहभागिता रहेकाे थियाे ।
प्रतियाेगिताकाे समापन तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बाेधन गर्दै कर्णाली प्रदेशसभा सदस्य यामलाल कंडेलले स्थानीय स्तरमा हुने प्रतियाेगिताले खेलकुदकाे विकासका टेवा पुग्ने बताउनुभयाे । साथै उहाँले खेलकुदकाे बिकासका लागि आफ्नाे ठाउँबाट लागिपर्ने प्रतिवद्धता जनाउनुभयाे । नगर उपप्रमुख निलकण्ठ खनालले खेल र खेलाडीकाे विकासका लागि चाँडै नगरस्तरीय खेलकुद विकास समिति गठन गर्ने बताउनुभयाे । नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख धिरेन्द्र प्रसाद शर्माले वीरेन्द्रनरमा खेलकुदकाे विकासका लागि याेजना बनाएर काम गर्ने बताउनुभयाे ।