पर्यटन प्रवद्र्धन गर्दै कर्णालीका स्थानीय सरकार

सुर्खेत । कर्णालीमा पर्यटन विकासमा स्थानीय तह केन्द्रीत योजना बन्न थालेका छन ।
स्थानीय तहहरुले स्थानीय स्तरमा रहेका पर्यटकीय क्षेत्रको प्रवद्र्धन, संरक्षण र प्रचार गर्न सकेमा पर्यटनको विकासलाई जोड दिइएका हुन् ।
पर्यटन प्रवद्र्धनको धेरै सम्भावना भएकाले अव स्थानीय तहमा पर्यटन क्षेत्रको प्रचार र लगानीको वातावरण निर्माण आवश्यक भएको स्थानीय तहका प्रमुखहरुले बताएका छन् ।
रुकुम पश्चिमको सानी भेरी गाउँपालिले स्थानीय तहमा पर्यटन क्षेत्रको विकासमा टेवा पु¥याउनका लागि गाउँपालिकाले पर्यटन क्षेत्रको पहिचान, संरक्षण र प्रवद्र्धनमा जोड दिइएको गाउँपालिका अध्यक्ष विर्ख बहादुर विष्टले बताउनुभयो । उहाले भन्नुभयो, “पर्यटन क्षेत्रको विकासका लागि हामीले विभिन्न योजनाहरु निर्माण गरेका छौ, पर्यटकीय क्षेत्रको पहिचान, संरक्षण र प्रचारको लागि हामी नीतिगत रुपमा अगाडी बढेका छौँ ।”
जुम्लाको तातोपानी गाउँपालिकाले पनि स्थानीय तहमा पर्यटन क्षेत्रमा लगानीको वातावरण निर्माण गर्नका लागि स्थानीय तहले विभिन्न निकायहरुसँग छलफल थालेको जनाएको छ ।
गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले पर्यटकीय क्षेत्रको विकासका लागि योजना बनाएर कामको सुरुवात गरिएको जानकारी दिनुभयो । हाम्रो प्रथामिकतामा पर्यटन क्षेत्र छ । उहाले भन्नुभयो, “हाम्रा पर्यटकीय गन्तव्यहरुको प्रचारमा जुटेका छौ ।”
मुगुको छायाँनाथ रारा नगरपालिका पर्यटकीय क्षेत्रको व्यवस्थापन गर्न कार्यविधि नै तयार गरेको छ । यो पालिकाभित्र नेपालकै रमणिय क्षेत्र रारा ताल पर्दछ ।
नगर प्रमुख विष्णु कुमार भामले भन्नुभयो, “पर्यटन क्षेत्रको विकासले स्थानीय तहमा आर्थिक विकास भइरहेको छ । यस क्षेत्रमा हाम्रो बजेट केन्द्रीत गरेका छौ, साथै रारा लगायतका क्षेत्रमा घुम्न आउने पाहुँनाहरुलाई फेरी फेरी आउने गराउने हाम्रो योजना छ ।”
यता, कर्णाली प्रदेश सरकारले पनि १० वटै जिल्लामा एक जिल्ला एक पर्यटकीय क्षेत्र नारा लिएर पर्यटन प्रवद्र्धनमा जोड दिएको छ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकृत निरज श्रेष्ठले कर्णालीमा पर्यटनको सम्भावना बोकेका क्षेत्रहरुमा पूर्वाधार विकास गर्ने कामहरु भइरहेका जानकारी दिनुभयो ।
प्रदेश सरकारले चालु आर्थिक बर्षमा पर्यटन क्षेत्रमा ३९ करोड रकम बिनियोजन गरेको छ ।