कर्णाली उत्सवको चौँथो संस्करण भोलीदेखि


सुर्खेत, ४ फागुन ।
कर्णाली उत्सव ‘कुडा कर्णालीका’ को चौथो संस्करण भोली (शुक्रबार) देखि प्रदेश राजधानी वीरेन्द्रनगरमा सुरु हुने भएको छ ।
बहसमूलक कार्यक्रम कर्णाली उत्सवको ऋति फाउण्डेशनले आयोजना गर्दै आएको छ । उक्त कार्यक्रम वीरेन्द्रनगरस्थित बुलबुले उद्यान परिसरमा फागुन ७ गतेसम्म सञ्चालन हुनेछ । उत्सवमा विभिन्न १६ वटा विषयगत सत्रहरु, कर्णालीका (पैकेलोका (उदारणिय व्यक्तिका) कथाहरु, लोकबाजाका प्रस्तुतीका साथै कर्णाली कन्सर्टका रुपमा हरेक दिन सांगीतिक साँझ, गजल साँझ र कविता साँझ हुने आयोजक ऋति फाउण्डेशनका अध्यक्ष कमल लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो दिन विहान साइकल ¥याली निकालिने छ भने विहान ११ बजे कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कार्यक्रमको उद्घाटन गर्नुहुनेछ । कर्णाली उत्सव विचारहरुको मन्थन गर्ने उत्सव भएको भन्दै यसले कर्णालीको समग्र समृद्धिका लागि सार्थक बहसको श्रृंखलाका रुपमा रहेको अध्यक्ष लम्सालले बताउनुभयो । शासकसामू उभिन नसक्ने नागरिकका सिमान्त स्वरहरुलाई प्रश्न किन गर्ने भनेर जवाफदेहिताको लागि खबरदारी गर्न उत्प्रेरित गर्ने उत्सवको मुख्य उद्देश्य रहेको उहाँको भनाइ छ ।