मिसन ग्रासरुटमा जुट्यो एमाले सुर्खेत


सुर्खेत, ८ फागुन ।
नेकपा एमाले जिल्ला कमिटी सुर्खेत पाटीले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानमा जुटेको छ ।
अभियान अन्तर्गत जिल्ला कमिटीले सोमबार वीरेन्द्रनगरमा जिल्ला स्तरीय अभिमूखीकरण सम्पन्न गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका सचिव योगेश भट्टराईले काँग्रेससंगको लेनदेन एमालेलाई स्वीकार्य नहुने बताउनुभएको छ । राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड काँग्रेसतिर ढल्किएको इंगित गर्दै सचिव भट्टराईले काँग्रेससंगको सत्ता सहकार्य एमालेलाई स्वीकार्य नहुने बताउनुभयो । उहाँले काँग्रेसलाई देखाएर एमालेसंग बार्गेनिङ नर्गन प्रधानमन्त्री प्रचण्डलाई आग्रह पनि गर्नुभयो ।
प्रधानमन्त्री पुष्प कमल दाहालले नै पुस दश गते राष्ट्रपति र सभामुख एमालेलाई दिने प्रस्ताव गरेको जिकिर गर्दै उक्त सहमति इमान्दारीपूर्वक पालना हुनुपर्नेमा उहाँले जोड दिनुभयो । एमालेले सुरु गरेको मिसन ग्रासरुट अभियानलाई उहाँले व्यक्तिको होलबडी जाँच जस्तै पार्टीको होलवडी जाँच गर्ने अभियानका रुपमा अथ्र्याउनुभयो । ‘मिसन ग्रासरुट पार्टीको फुलबडी जाँच गर्ने अभियान हो’ उहाँले भन्नुभयो‘जसरी फुलबडी जाँचमा सुगर, प्रेसर के छ शरिर ठिक अवस्थामा छ की छैन भनेर पत्ता लाग्छ त्यसरी नै पाटीको अवस्था पत्ता लगाउन यो अभियानले सहयोग पुग्नेछ ।’ अभियानले पार्टीलाई जवान बनाउने उहाँले जिकिर गर्नुभयो ।
स्थायी कमिटि सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज यामलाल कंडेलले राष्ट्रको समृद्धिका लागि एमालेको विकल्प नभएको भन्दै राष्ट्र निर्माणको कार्यभार पूरा गर्न एमाले पार्टीलाई सशक्त बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले अभियानमा सक्रिय भएर लाग्न पार्टी कमिटिहरुलाई निर्देशन पनि दिनुभएको छ । ।


स्थायी कमिटि सदस्य गोरख बोगटीले अहिले पनि जनताले एमालेलाई लोकप्रिय मत दिएको स्मरण गर्दै समृद्ध नेपाल निर्माणको अभिभारा पूरा गर्नका लागि स्पष्ट बहुमत ल्याउन एमालेका सबै सदस्यहरु सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो । पोलिटव्यूरो सदस्य गुलावजंग शाहले अभियानमा पार्टीले दिएको जिम्मेवारी प्रभावकारी रूपमा सम्पन्न गर्नुपर्ने बताउनुभयो ।
पोलट ब्यूरो, भैरव सुन्दर श्रेष्ठले पार्टीको दशौं महाधिवेशनको कार्यदिशा गाउँगाउँमा एमालेका सबै सदस्यसम्म पु¥याउन ग्रासरुट अभियान महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । केन्द्रीय सदस्य एवं सुर्खेत जिल्ला इन्चार्ज नवराज रावतले अभियानले पार्टी कार्यकर्ता स्तरमा देखिएका समस्या समाधान गर्ने तथा कुडिएका मनहरू मिलाउन मद्धत गर्ने विश्वास व्यक्त गर्नुभयो । केन्द्रीय सदस्य धर्मराज रेग्मीले आजको समाजका चुनौतीहरू समधान गर्ने पाटी बनाउन ग्रासरुट अभियान महत्वपूर्ण हुने बताउनुभयो । एमालेको नेतृत्वमा मात्रै समृद्ध नेपाल निर्माण संभव रहेको उल्लेख गर्दै त्यसको संवाहका रुपमा सबै पार्टी सदस्यहरु रहेकोले उनीहरुलाई पार्टीको नीति, बिचार, सिदान्त एवं वर्तमान कार्यदिशा बुझाउन आवश्यक रहेको उहाँको भनाइ छ । केन्द्रीय सदस्य विष्णु रिजालले नेकपा एमाले कसैको बैशाखी नटेकी निर्वाचनमा होमीने एकमात्र पार्टी रहेको भन्दै आगामी दिनमा एमाले थप बलिाय हुने जिकिर गर्नुभयो । त्यसका लागि संगठनलाई चुस्त द्रुस्त राख्न आवश्यक रहेको भन्दै अभियानले सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । अभियानका क्रममा ठूला भेला नभई गाउँ केन्द्रित हुने पनि उहाँले बताउनुभयो । केन्द्रीय सदस्य देविलाल थापाले ग्रासरुट अभियानले पार्टी निर्माणमा नयाँ उर्जा थप्ने बताउनुभयो ।
एमाले सुर्खेतका अध्यक्ष अमृत विसीले सुर्खेत जिल्लामा अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने बताउनुभयो । उपाध्यक्ष कुलमणि देवकोटाले पार्टीलाई व्यवस्थित गर्न अभियान महत्वपूर्ण हुने भन्दै त्यसको प्रभावकारी कार्यान्वयनमा जुट्ने बताउनुभयो अभिमूखीकरणमा जिल्ला कमिटी सदस्य, जिल्ला सल्लाहकार सदस्य, पालिका कमिटी पदाधिकारी, एमालेबाट वडा र पालिकामा निर्वाचित जनप्रतिनिधि, जनसंगठनका अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।