कालीकोटमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

सुर्खेत । कालीकोटमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बिहीबार बिहान १ः१५ बजेको समयमा तिलागुफा नगरपालिका–५ स्थित धनाडामा दुर्घटना परेको हो ।
मुगुबाट ग्यास सिलिन्डर बोकेर सुर्खेतका लागि छुटेको कर्णाली प्रदेश ०२००१ ख ०३५६ को मिनी ट्रक दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक सुवराज बमले उक्त ट्रक दुर्घटनामा घाइते एक जनाएको मृत्यु भएको जानकारी दिनुभयो ।
उहाका अनुसार दुर्घटनामा परी दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–७ पाल्तडाका अन्दाजी २८ वर्षीय छविप्रसाद चौलागाईंको मृत्यु भएको छ ।
उहाको उपचारको क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मृत्यु भएको हो ।
यस्तै, त्यही ठाउँका १८ वर्षीय सह–चालक दिनेश शाही घाइते भएको र उहाको उपचार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भइरहेको प्रहरी जनाएको छ ।
ट्रक सडकबाट अन्दाजी ५०० मिटर तल खसेको थियो ।