वन डढेलो हुन नदिन अग्नि नियन्त्रक खटाउँदै कर्णाली प्रदेश सरकार

सुर्खेत । कर्णाली प्रदेश सरकारले वन डढेलो नियन्त्रणका लागि अग्नि नियन्त्रक खटाउने भएको छ ।
प्रदेशको उद्योग पर्यटन वन तथा बातावरण मन्त्रालयले विपद् व्यवस्थापनका लागि पूर्वतयारी, जोखिम न्यूनीकरण, प्रतिकार्य र पुनःस्थापना जस्ता कार्यको व्यवस्थापन गर्नका लागि एक सय १२ जना अग्नि नियन्त्रक खटाउने भएको हो ।
प्रदेश वन निर्देशनालयको आर्थिक वर्ष २०७९÷०८० को वार्षिक स्वकृती अनूसार वन डढेलो नियन्त्रण दस्ता निमार्णका लागि प्रदेशका दश वटै जिल्लाका लागि अग्नि नियन्त्रक भर्ना गरि खटाइने छ ।
उनीहरुले ९० दिनसम्म बन डढेलो हुनबाट जोगाउने डढेलो नियन्त्रणका लागि काम गर्ने वन निर्देशनालयले जनाएको छ ।
वन निर्देशनालय कर्णाली प्रदेशका अनूसार सुर्खेतमा २४, सल्यानमा १६, जुम्ला, दैलेख र जाजरकोटमा १२÷ १२, रुकुम पश्चिममा ८ र अन्य जिल्ला कालिकोट, हुम्ला, मुगु, र डोल्पामा भने ७÷७ जना अग्नि नियन्त्रणमा खटिने छन ।
निर्देशक गोविन्द प्रसाद दहालले आगलागीको जोखिम बढ्दै गएको र चैत, बैशाख, जेठमा आगलागिका घटनाहरु बढ्ने भएकाले विपद् व्यवस्थापनका लागि पूर्वतयारी, जोखिम न्यूनीकरण, प्रतिकार्य र पुनःस्थापना जस्ता कार्यको व्यवस्थापनमा जोड दिइएको कर्णाली रैबारसँग बताउनुभयो ।
उहाँले अग्नि नियन्त्रकलाई आवश्यक तालिम दिइने र सुरक्षित सामग्री सहित परिचालन गरिने जानकारी दिनुभयो ।
बैशाख जेठमा कर्णालीमा वन डढेलोका घटनाले जनधनको क्षती हुन सक्ने भन्दै त्यसको न्युनिकरणको लागि अभियान समेत संचालन गरिएको बताइएको छ ।