हामीले चाह्यौ भने राजनितिक कोर्ष परिवर्तन गर्न सक्छौः अध्यक्ष नेपाल

सुर्खेत । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीलाई मिनिमाइज गरेर देश चलाउन सम्भव नभएको बताउनुभएको छ ।
पार्टी पर्शिक्षणको लागि कर्णाली प्रदेशको राजधानी सुर्खेत आउनुभएका अध्यक्ष नेपालले आफ्नो पार्टीलाई मिनिमाइज गरेर देश चलाउन सम्भव नभएको बताउनुभएको हो ।
प्रधानमन्त्री प्रचण्डले भनेको कुरा स्मरण गर्दै अध्यक्ष नेपालले भन्नुभयो, “अस्ती प्रचण्डजीले भन्नुभएको थियो, तपाईहरुलाई पहिले नै सरकारमा सामेल गरेर लिएको भए सजिलो हुँदो रहेछ ।” उहाले रियलाइज गर्नुभएको अध्यक्ष नेपालले उल्लेख गर्नुभयो ।
उहाले आफ्नो पार्टीलाई कसैले माइनस गरेर सत्ता, सरकार चलाउन नसक्ने दाबी गर्नुभयो । हाम्रो पार्टी आँटिलाहरुको पार्टी हो । उहाले भन्नुभयो, “२०४६ सालमा हामीले आँट गर्यौ पञ्चायतलाई ढालिदिँयौ । माओवादी जनयुद्धमा हामीले हात हाल्यौँ शान्ति पक्रियामा लिएर आयौँ, हामीले आँट गर्यौ २०६२÷०६३ को आन्दोलनबाट राजतन्त्र फालिदिँयौँ । त्यसैले हामीबिना यो देश चलाउछु कसैले भन्छ भने त्यो दिवा सपना हुन्छ ।”
उहाले आफ्नो पार्टीलाई कमजो नठान्न आग्रह गर्दै आफुहरुले चाहेको खण्डमा राजनितिक कोर्ष नै बदल्न सक्ने बताउनुभयो ।
पार्टीको जग सुधार गर्दै बिचार मिल्नेहरुसँग एकता गर्ने तर आफ्नो पार्टी कुनै पार्टीमा बिलय नहुने अध्यक्ष नेपालको भनाई छ । उहाले आफुहरुसँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वार्ता र संवादको कुरा अगाडी सारेपछि नेकपालाई विउताउने प्रयास गरिएको तर त्यो अगाडी बढ्न नसकेको बताउनुभयो ।
उहाले राष्ट्रपतिमा काँग्रेसमा उमेद्वार बनेका रामचन्द्र पौडेल विजयी हुने बताउँदै संविधानको रक्षाको लागि पहिले नै बनेको यो गठबन्धन पुनः विउतिएको बताउनुभयो ।
प्रधानमन्त्री आलोपालोको सहमती भएको हो ? भन्ने प्रश्नमा उहाले त्यस विषयमा केही खुलाउनुभएन ।