चुली क्लवको उपाधी रुकुमपश्चिमलाई

सुर्खेत । वीरेन्द्रनगरमा जारी दोस्रो चुली युवा कप खुला पुरुष तथा महिला भलिबल प्रतियोगिताको उपाधि रुकुम पश्चिमले जितेको छ । आज भएको फाइनल खेलमा आयोजक क्लव चुलीलाई हराउँदै रुकुमपश्चिमीले उपाधी जितेको हो ।
फाइनल खेलमा चुलीले पहिलो एक सेट जित्दा रुकुम पश्चिमले लगातार तीन सेट जितेर उपाधी जितेको छ ।
विजेताले नगद दुई लाख २० हजार र ट्रर्फी पाएको छ । उपविजेता बनेको आयोजक क्लवले एक लाख ५० हजार र ट्रर्फी पाएको छ । यस्तै, तेस्रो भएको सल्यान र चौथो भएको एपीएफ कर्णालीले क्रमस ७५ हजार, पचास हजार नगद पुरस्कार र ट्रर्फी पाएका छन् ।
यस्तै, महिलातर्फ भएको भलिबल प्रतियोगितामा एभरेष्ट क्लव बुटवलले उपाधी जितेको छ । एभरेष्टले नगद एक लाख ५० हजार र टर्फी पाउदा उप–विजेतामा चित्त बुझाएको डाइमण्ड क्लव काठमाडौंले नगद ८० हजार र ट्रर्फी पाएको छ । तेस्रो भएको आयोजक क्लव चुली र चौथो भएको सल्यानले क्रममा ५० हजार, ३० हजार नगद र टर्फी पाएको छ । यहीँ फागुन ११ गतेबाट भएको प्रतियोगितामा पुरुषतर्फ देशभरका १६ र महिलातर्फ १२ क्लवले सहभागीता जनाएका थिए ।