कर्णाली प्रदेशमा आफ्नै प्रयोगशाला संचालन

सुर्खेत । कर्णाली प्रदेशको आफ्नै प्रयोगशाला संचालनमा आएको छ ।
विगतमा प्रयोगशाला नहुँदा कतिपय रोगहरुको परिक्षणका लागि प्रदेश बाहिर पठाउनुपर्ने अवस्था रहेकोमा अव प्रदेशको आफ्नै प्रयोगशाला संचालनमा आएपछि सहज हुने भएको हो ।
शुक्रवार कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री टेकराज पछाईले प्रदेश जनस्वास्थ्य प्रयोगशालाको उद्घाटनसमेत गर्नुभएको छ ।
मन्त्री पछाईले प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई थप उपकरणयुक्त बनाई गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाले प्रयोगशाला संचालनमा आएपछि प्रदेशभित्रै परीक्षण तथा अनुसन्धान गर्न सहयोग पुग्ने भन्दै प्रयोगशालालाई अन्वेषण केन्द्रको रुपमा विकसित गर्नुपर्ने बताउनुभयो । प्रयोगशाका निर्देशक वृषबहादुर शाहीले जनस्वास्थ्य सम्वन्धी रोगको छिटो पहिचान गरी रोग नियन्त्रणमा सघाउ पुग्ने बताउनुभयो ।
प्रयोगशालामा जम्मा १६ जनाको दरबन्दी छ । त्यस मध्य नौ जना ल्याब टेक्नीसियन प्राविधिकहरु हुनेमा हाल भने तीन जनाको मात्रै पदपूर्ति भएको छ ।